बारा । निजगढ नगरपालिका वडा नं. ८ स्थित रहेको समुन्नत महिला बहुद्देश्यीय सहकारी सस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सस्थाकी अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य मीन लामा रहेकी थिईन । प्रदेश सभा सदस्य लामाले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेकी थिइन ।

प्रदेश सभा सदस्य लामाले देश आर्थिक संकट जस्तो जटिलता रहेको अवस्थामा स्थानीय स्थरमा समुन्नत महिला बहुद्देश्यीय सहकारीले यस निजगढ क्षेत्रकै उत्कृष्ट कार्य गरेको बताईन ।
महिलाहरुले सहकारी मात्र नभई देश चलाउन सक्ने भन्दै महिलाहरुबाट संचालित सहकारीको प्रसंशा समेत गरिन । त्यस्तै लामाले सो दिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने आभियान शुरुको दिन परेको भन्दै लैङ्गिक हिंसामा महिला मात्र नभैइ पुरुषहरु हिंसाको चपेटामा परेको बताईन । लैङ्गिक भन्नले सबै प्रकारको भएको भन्दै लामाले सबै मिलेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने आभियान सफल पार्नु पर्नेमा जोड्दिईन । लामाले समुन्नत महिला बहुद्देश्यीय सहकारी संस्थालगायतलाई सहयोग गर्ने बताएकि छिन ।
त्यसैगरी बिशिष्ट अतिथि निजगढ नगर पुर्व प्रमुख सुरेशकुमार खनालले यश संस्था महिलाहरुको बिश्वासका कारण उत्कृष्ट रहेको र अहिले सहकारी र लघुबित्तहरुमाथी विभिन्न बहानामा आक्रमण भैइरहेको हुनाले त्यस्ता तत्वबाट बचेर काम गर्न अनुरोध समेत गरे नगरपालिकाले सहकारीहरुको संस्थागत बिकास र आय आर्जन जस्ता कार्यमा सहयोग गर्न समेत आग्रह गरेका थिए । पुर्व प्रमुख खनालले नगरपालिकाले नसम्झेको गुनासो समेत गरे ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोमाया थिङ्गले महिलाहरु कम्जोर अवस्थबाट बहिरा आईसकेकी बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी, निजगढ नगरपालिका सदस्य मिना चौरेल, मनमाया तामाङ्ग, शर्मिला विक, अरुणा विक, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चनलगायतले संस्थाको स्तरोन्नतिको शुभकामना राखेका थिए । त्यस्तै कार्यक्रममा निजगढ नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान कार्यपालिका सदस्य मानबहादुर डासेली, पवित्र सुनाअर विभिन्न संघ संस्थाका प्रमुख पत्रकारलगायतका २८७ जना शेयर सदस्यहरुको सहभागी रहेका थिए ।
संस्थाको आयव्यय प्रबेदन संस्थाकी अध्यक्ष कल्पना खरेलले हाल सम्म संस्थाले गरेको १ करोड ७७ लाख ६२ हजारको आर्थिक कारोबार सुनाव्की थिईन । भने लेखा प्रतिबेदन लेखा सयोजक शान्ती लामाले प्रस्तुत गरेकी थिइन भने भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष चन्द लामाले ले प्रस्तुत गरेकी थिइन । पेश गरेको सबै प्रतिवेदन सभाद्वारा सर्वसम्मत पास गरेको छ ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष सगुन लामाले गरेकी थिइन ह्बने कार्यक्रम संचालन उषा मोक्तानले गरेकी थिइन ।
कार्यक्रममा उत्कृष्ट बचत र ऋणि, उत्कृष्ट बचत, उत्कृष्ट बालबचत, उत्कृष्ट कर्मचारी साथै सहकारीलाई सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो र सम्मान पत्र्ले सम्मान समेत गरिएको थियो ।
