Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार सामान्य सामान्य अंकले घट्यो

शेयर बजार सामान्य सामान्य अंकले घट्यो

दैनिकी न्यूज

१२, मंसिर २०८०
शेयर बजार सामान्य सामान्य अंकले घट्यो
images

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ। सोमबार ११ अंकले घटेको नेप्से परिसूचक आज २.१७ अंकले घटेर एक हजार आठ सय ९४.५३ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेको छ।

मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ। ४७ लाख २७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ, जब कि सोमबार एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ मध्ये म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, होटेल तथा पर्यटन र वित्त समूह बढ्दा अन्य समूह घटेका छन्। होटेल तथा पर्यटन सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले बढेका छन्। सबैभन्दा धेरै घटेको व्यापार समूह ०.९९ प्रतिशतले गिरावट भएको छ।

घटेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रो कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन्। यो कम्पनीको मूल्य ९.९७ प्रतिशतले बढेको छ। नारायणी विकास बैंकको सेयर मूल्यमा सर्वाधिक ५.३३ प्रतिशतको गिरावट देखिएको छ। 

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १६:२८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology