Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सार्वजनिक माविमा जङ्क फुड निषेध

सार्वजनिक माविमा जङ्क फुड निषेध

उमेश घलान

१२, मंसिर २०८०
सार्वजनिक माविमा जङ्क फुड निषेध
images

बारा । श्री सार्वजनिक माध्यमिक विद्यालायले विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ५ बाधदेवमा रहेका माविले मंसिर ११ गते आइतबार एक सूचनामा जङ्क फुड निषेधको गरेको सूचना प्रकाशित गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिले मंसिर ७ शुक्रबारको दिन बसेको बैठले उक्त निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्ग गौतमले बताए । अध्यक्ष गौतमको अनुसार विद्यालयमा चाउचाउ, चटपटे, विस्कुट, चकलेटलगायतका नेपाल सरकारले निषेध गरेको बालबालिकाको खाजाहरुमा विद्यालयले मंसिर १३ गते बुधबार देखि जङ्क फुड प्रयोगमा पूर्ण निषेध गरेको हो ।

अध्यक्ष गौतमले विद्यालयमा तयारी प्याकेजिङ्ग खाजा निषेध निर्णय गरेको हुनाले सम्पुर्ण विद्यार्थिका आभिभवकहरुलाई आफ्नो बालबालिकाको साथमा कुनै पनि जङ्क फुड नपठाउन अभिभावक वर्गमा अनुरोध समेत गरेको छ । 'जङ्क फुड हटाऔं, आफ्नो स्वास्थ्य बचाऔं' अभियानलाई सहयोगगरि दिनुहुन सम्पुर्ण अभिभावकलाई अध्यक्ष गौतमले आव्हान गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १७:५१:४० बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology