Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निजगढ वाक्यश्वर मन्दिर क्षेत्रमा बालाचर्तुदशी मेलाको तयारी पुरा

निजगढ वाक्यश्वर मन्दिर क्षेत्रमा बालाचर्तुदशी मेलाको तयारी पुरा

उमेश घलान

२३, मंसिर २०८०
निजगढ वाक्यश्वर मन्दिर क्षेत्रमा बालाचर्तुदशी मेलाको तयारी पुरा
images

बारा । बाराको निजगढ नगरपालिका वडा नं. ९ स्थित रहेको वाक्यश्वर मन्दिर क्षेत्र विकास समितिले आयोजना गरेको बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आध्ये बराह मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको हो । बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि सो क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको छ ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था मिलाएको हुन ।

त्यस्तैगरी यता निजगढ नगरपालिका वडा नं. १२ मा पनि बालाचतुर्दशी मेलाको सम्पुर्ण तयारी पूरा भए पशुपति सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष धनबहादुर खुलालले जानकारी दिएको छ । खुलालका अनुसार भक्तजनहरुको सुरक्षाका लागि सो क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।

यसैगरी सो पशुपति मन्दिर क्षेत्रमा पनि शतबीज छर्ने परम्परा भएको हुँदा कुनै अप्रिय घटना हुन नदिकालागी विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने जनएको छ ।

पशुपति मन्दिर क्षेत्रमा ३ दिने मेला लाग्ने गरेकामा यसपटक १ दिन मात्र लगाउने तयरीमा भएको खुलालले जनाएको छ । बालाचतुर्दशी पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ ।

यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ । यसैगरी सोही कोलगाउँ पशुपति मन्दिर परिसरमा यही मङ्सिर २४ गते आईतवार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वमा आउँदो सोमबार शतबीज छर्दा समितिले जारी गरेको नियम पालना गर्न भक्तजनलाई खुलालले अनुरोध समेत गरिएको छ । खुलालको अनुसार ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ ।

मन्दिरको आसपास र विरुवाको फेदमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको खुल्ला चौर प्रयोग गर्नु पर्ने छ । बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरमा आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन रहेको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०८० शनिवार - १९:४९:०५ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology