Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख रानामगर

जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख रानामगर

रुद्र बहादुर थिङ

२५, मंसिर २०८०
जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख रानामगर
images

ललितपुर । उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छिन् । सामाजिक न्याय र समानताको लागि नेपाल महिला एकता समाजद्वारा आइतबार शंखमुलमा आयोजित १५ औं राष्ट्रिय महिला सम्मेलनमा मन्तव्य राख्दै उपसभामुख रानामगरले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायतका नागरिकका अत्यावश्यकिय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिकहरु अधिकारबाट बञ्चित हुँदा महिलाहरु बढी पीडित हुनुपरेको धारणा राखेकी हुन ।

‘जग्गाको लालपुर्जासंग बत्ती, पानीको सेवासुविधा जोडिएको छ । यसले नागरिकहरु अधिकारबाट बञ्चित भए, यो समस्याले देशकै लागि पनि हानी भएको छ । हदबन्दीभन्दा बढि जग्गा हडप्नेहरुबाट लिएर भूमीहीनलाई दिनुपर्छ । जग्गाको खनजोत गर्नेमा महिलाहरु प्रत्यक्ष रुपमा संग्लग्न हुन्छन् । जो संग्लग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ ।' उपसभामुख रानामगरले भनिन् ।

निर्वाचनको बेलामा भोट चल्ने तर सेवा सुविधा नपाउने अवस्था हुनु हुँदैन भन्नुहुँदै उनले महिलाको नाममा जग्गाको लालपुर्जा हुने हकलाई व्यवस्थित गर्न संविधानले दिएको अधिकारको सदुपयोग गर्नुपर्ने वबताइन् ।

नेपाल महिला एकता समाजकि अध्यक्ष विना बुद्धाचार्यले संविधान प्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरि आवश्यक व्यवस्थापन गराउनका लागि राज्यको ध्यानाकर्षण गराउनका लागि उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - ०९:४३:४७ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology