Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लुम्बिनी विकास बैंकले प्रस्ताव गर्यो लाभांश

लुम्बिनी विकास बैंकले प्रस्ताव गर्यो लाभांश

रुद्र बहादुर थिङ

२६, मंसिर २०८०
लुम्बिनी विकास बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५० प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ।

मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - ११:३३:३७ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology