ललितपुर। ललितपुरको लेलेमा एक अपरिचित पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका वडा नं. ५ लेले पहाडीस्थित देउपुजी सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाहरुका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मंगलबार बिहान स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शव परीक्षणको लागि पाटन अस्पताल पठाइएको छ।