बारा । बाराको अमलेखगञ्ज–२२ स्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा ३ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
दुर्घटना परी ट्रक चालक तनहुँ पिपरटार घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडा–३ का बस चालक ४० वर्षीय हरि शम्शेर सुयाल थापा र अर्का एक पुरुष अन्दाजी वर्ष ३०–३५ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डिएसपी दधिराम न्यौपाने बताए । उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।
घाइते हुनेहरुमा तनहुँ बन्दिपुर–६ का १७ को तेज कुमार गुरूङ, सुनसरी भाति–२ का वर्ष ३० को खिलराज दुलाल, ईटहरी–४ बस्ने ४० को सुरेन्द्र गौतम, बर्ष ३५ की सम्झना गजुरेल, बर्ष १२ की सोराय गौतम बर्ष ३ को सोडनेम गौत्म, बसको सह–चालक झापा दमक को नगेन्द्र उप्रेती रहेका छन् ।
त्यस्तै भरत आन्नचल प्रदेश बस्ने बर्ष ५२ को सिडिमाया, वर्ष ५२ की नामा एमसे, वर्ष ४२ की श्रीग धौगा, बर्ष ४७ को पासाङ काण्डु, ईलाम माईजुमा–५ बस्ने अ.बर्ष ३० को बिनोद तामाङ, चुलाछुटी–५ बस्ने अ.बर्ष ३६ को बिर बहादुर तामाङ, जिल्ला सङखुवासभा मा.बि न.पा.०९ बस्ने बर्ष ३० को चन्द्र बहादुर तामाङ, बर्ष २४ को विर्ख बहादुर तामाङ, ईलाम चुलाडुली गा.पा.०३ बस्ने बर्ष ३६ को मनोज कुमार लिम्बु, बर्ष २० को प्रवेश पटेल, जिल्ला झापा कमल गा.पा.०५ बस्ने बर्ष १९ की पुणम गुरुङ, रहेका छन् ।

घाइते हुने अन्यमा भरत कालेगुङ बस्ने बर्ष २५ को छोमी लोप्चा, बर्ष २९ को नामग्याल डोर्जे, बर्ष २ की माया लोप्चा, झापा अर्जुन धारा गा.पा.११ बस्ने बर्ष ४९ को हरि नारायण बिश्वकर्मा, सुनसरी ईटहरी–६ बस्ने बर्ष ५४ को अनिल कुमार थापा, बारदसी गा.पा.०२ बस्ने बर्ष ४२ को धन बहादुर लिम्बु, कमल गा.पा.०६ बस्ने अ.बर्ष २० को नएन खनाल, भरत आन्नचल प्रदेश बस्ने बर्ष १९ को छिरीङ पालेदेन, उर्लाबारी बस्ने बर्ष २१ को अमि श्रेष्ठ, रहेका छन् ।
घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रवक्ता तथा सूचना अधिकारी दधिराम न्यौपानेको भनाइ छ ।