बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नंं. १ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष २१ को सुवास मोक्तान र कैलास गाउँपालिका बस्ने बर्ष ३० को देवराज स्याङताङ रहेका छन् ।
बुधवार बिहान पौने २ मा पथलैया चोकमा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा. प्र ०२–०२९ प १६०९ नं.को मोटरसाइकल रोकी चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका, प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
उनीहरुले पिठयूमा बोकेको व्याग भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको ४.५ किलोको दरले २ (दुई) वटा व्यागमा ९ किलो अबैध लागु औषध गांजा बारामद गरेको हो । आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।