बारा । बाराको निजगढ नगरपालिका वडा नं. ९ सिंगौल गेटमा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यू र एक जना घाइते भएका छन् ।
पूर्ब पश्चिम राजमार्गमा निजगढदेखि उदयपुर तर्फ जादै गरेको प्र १–०५–००१प ५४९७ नं.को मोटरसाइकल र रौतहटदेखि निजगढ तर्फ आउदै गरेको बा ९७ प ९४४ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खादा बारा सामुदायिक प्रसुति अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको व्यहोरा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी–२ बस्ने ३४ को चन्द्रदिप लामा र जिल्ला रौतहट चन्द्रपुर–१ पौराई बस्ने वर्ष ३१ को बुद्ध बहादुर बलको उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार जिल्ला रौतहत चन्द्रपुर–१ पौराई बस्ने वर्ष ३५ को बाबुराम सुनारको टाउकोमा चोट लागेको छ । घाइते सुनार उनको निजगढ सामुदायिक अस्पताल निजगढ–९ मा उपचार भईरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डिएसपी दधिराम न्यौपानेले बताए ।