Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एचआईडिसिएलको लाभांश घोषणा

एचआईडिसिएलको लाभांश घोषणा

दैनिकी न्यूज

५, पौष २०८०
एचआईडिसिएलको लाभांश घोषणा
images

काठमाडौं । हाइड्रोइलेक्ट्रीििसटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसीएलले गत आर्थिक वर्ष २०७९–८० को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल सरकारबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १०:३७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology