ललितपुर । गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित हिरानाथ महर्जनले सञ्चालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा ५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगदलगायत अन्य धनमाल चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका वडा नं. १२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका–१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौंबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ ।
ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परीसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जनकारी दिए ।