Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

६, पौष २०८०
मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा
images

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १४:२८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology