बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ३६ केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको डिएल ४ सीएनबी ३६८१ नम्बरको स्कारियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डिएसपि दधिराम न्यौपाने बताए ।


