Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा बारामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा बारामा दुईको मृत्यु

उमेश घलान

८, पौष २०८०
मोटरसाइकल दुर्घटनामा बारामा दुईको मृत्यु
images

बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. २ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म.प्र.०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका-१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्यूरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०७:२६:२७ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology