Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निजगढ महिला साकोसदेखि नेफ्स्कुनसम्म, राउतको १७ वर्षे सहकारी अभियान

निजगढ महिला साकोसदेखि नेफ्स्कुनसम्म, राउतको १७ वर्षे सहकारी अभियान

उमेश घलान

९, पौष २०८०
निजगढ महिला साकोसदेखि नेफ्स्कुनसम्म, राउतको १७ वर्षे सहकारी अभियान
images

बारा । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) मा पुग्ने बाराको पहिलो महिला बनेकी छिन्, निजगढकी शोभा राउत । नेफ्स्कुनको ३२ औ साधारणसभाबाट शोभा मधेश प्रदेश भूगोल अन्तरगत संचालक निर्वाचित भएकी हुन् ।

शोभा निर्वाचित भएसँगै नेफ्स्कुन सञ्चालक बन्ने बाराका दुई जना पुगेको छ । यसअघि स्व। डा. कृष्ण पौडेल नेफ्स्कुन सञ्चालक बनेका थिए ।

आईतबार राती सार्वजनिक नतिजा अनुसार एमाले निकट प्यानलबाट प्रदेशतर्फ शोभा निर्वाचित भएकी हुन् । सत्ता गठबन्धन र नेकपा ९एमाले० निकट सहकारीकर्मी विच प्रतिस्पर्धा भएको थियो । बाराको निजगढ ६ की ४१ वर्षिया शोभा राउत निजगढ महिला बचत सहकारी संस्थाकी अध्यक्ष हुन् । १७ वर्षदेखि सहकारी अभियानमा सक्रिय रहेकी शोभा राउत २०६३ मा स्थापना भएको निजगढ महिला साकोसकी संस्थापक कोषाध्यक्ष हुन् ।

२०७४ मा भएको निजगढ महिला साकोसको १० औं साधारण सभाबाट शोभा राउत अध्यक्षको पदमा निर्वाचित भएकी थिईन् ।

उनी बारा बचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष समेत हुन् । तीन वर्षअघि निर्वाचित भएकी थिइन । शोभा राउत अखिल नेपाल महिला संघ निजगढ नगर कमिटी अध्यक्ष समेत हुन् ।

नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा राउतले १ हजार ३ सय २० मत प्राप्त गरेकि थिइन ।

निर्वाचनमा मधेश प्रदेश भूगोल अन्तरगत संचालकको प्रत्यासी गंगा कुमारी बलम्पीले ८ सय ६२ मत प्राप्त गरेकी थिइन । त्यस्तैहरी नेफ्कुनको नवनिर्वाचित अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा ९कोशी प्रदेश० बाट खेमराज सुवेदी ९बागमती प्रदेश०, गोपालप्रसाद गौतम ९गण्डकी प्रदेश०,ज्ञानु पौड्याल ९लुम्बिनी प्रदेश०, वीरबहादुर राउत भोट ९कर्णाली प्रदेश०, दिप्ती शाही ९सुदूरपश्चिम प्रदेश० विजयी भएको निर्वाचन समितिले जनाएको छ ।​

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन् । गएराति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए ।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - १२:५१:२२ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology