Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आरती साह हत्या आरोपी श्रीमान मोतीबाबु होटलबाट पक्राउ

आरती साह हत्या आरोपी श्रीमान मोतीबाबु होटलबाट पक्राउ

दैनिकी न्यूज

९, पौष २०८०
आरती साह हत्या आरोपी श्रीमान मोतीबाबु होटलबाट पक्राउ
images

काठमाडौं । धनुषाकी आरती साह हत्या आरोपी आरतीका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

साहलाई प्रहरीले आज सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट पक्राउ गरेको हो। सो प्रकरणमा गत मंसिर २० गते सर्वोच्च अदालतले गरेको फैसलामा आरतीका पती साहलाई पक्राउ गर्ने आदेश दिइएको थियो।

गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको भन्दै आरतीका माइती पक्षले जाहेरी दिएका थिए। सो घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै माइती पक्षले लामो समयदेखि काठमाडौंस्थित माइतीघरमा धर्ना दिँदै आएका थिए।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - १३:०२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology