Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन लाभांश घोषण गर्ने विकास बैंक, कुन बैकको कति ?

यी हुन लाभांश घोषण गर्ने विकास बैंक, कुन बैकको कति ?

दैनिकी न्यूज

१०, पौष २०८०
यी हुन लाभांश घोषण गर्ने विकास बैंक, कुन बैकको कति ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंक मध्ये गत आर्थिक वर्ष २०७९–०८० को संचित मुनाफाबाट ७ वटा विकास बैंकले लाभांश घिोषणा गरेका छन् ।

यसैगरी, दुई वटा विकास बैंकले भने गत आवको मुनाफाबाट लाभांश नदिने बताएका छन् । ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।

यो वर्ष लाभांशमा अधिकांश विकास बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

मितेरी डेभलपमेन्ट विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकलेले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले भने ६.४ पतिशत नगद लाभांश मात्र दिने घोषणा गरेको छ ।

यसैगरी,मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

लाभांश घोषणा गरेका विकास बैंकमध्ये पनि तीन वटा विकास बैंक सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेको छ ।

बाँकी चार वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । 

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - ०७:५२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology