Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाराबाट १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

बाराबाट १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

उमेश घलान

१२, पौष २०८०
बाराबाट १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ
images

बारा । अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता,प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङले बताए ।

प्रहरीले विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल सेट, ४८ थान चार्जर, ९ थान व्याट्री, मोबाइल कभर १४ थान चौधरीको घरबाटै बरामद गरेको हो।

4.jpeg

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा १५ लाख रुपैँया मूल्य बराबरको उक्ता सामानहरु बराबद गरेको छ ।

उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - ०७:२६:०६ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology