काठमाडौं । नेपाली सांगीतिक क्षेत्र निकै व्यापक, मौलिक र फराकिलो छ । विशेषगरी लोकलयमा आधारित गीतहरूले सबैको हृदय जित्ने गर्छन् । सांगीतिक क्षेत्रमा पछिल्लो समय सुन्ने मात्र होइन हेर्ने संस्कृतिको विकास भएको छ । गीतहरु दिनदिनै आउनेक्रम बढेका छन् । दिनदिनै जस्तो नयाँ नयाँ गितहरु सार्वजानिक भइरहेकाछन् ।
यही क्रममा सीताराम घिमिरे, खिरबहादुर पौडेल र समिक्षा अधिकारीको आवाज रहेको धजा बानेको बोलको गीत अन्नत फिल्मस् युटुव च्यानलबाट सार्वजनिक भएको छ । यो गीतले छोटो समयमै श्रोता दर्शकहरूको हृदयमा बास बस्न सफल भएका छन् ।
यो गीतमा सीताराम घिमिरे, खीर बहादुर पौडेल र लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाज रहेकोछ । गीतमा शब्द, संगीत गोबिन्द पंगेनीले गरेकाछन् । गीतमा पूर्ण संयोगको एरेन्ज रहेको छ भने छायांकन बिरेन्द्र परियारको गरेका छन् ।
यस गीतको दृष्य निर्देशन गणेश बाबू बि.के.को रहेको छ । यस गीतमा सिताराम घिमिरे, आयुष्मा कार्की र खिर बहादुर पौडेलको अभिनय उत्कृष्ट रहेको छ ।