काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।