Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचादीको भाउ बढ्यो

सुनचादीको भाउ बढ्यो

दैनिकी न्यूज

१७, पौष २०८०
सुनचादीको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको भाउ तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुनको भाउ तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको भाउ तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - ११:००:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology