Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले बढ्यो

नेप्से सूचक दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

१८, पौष २०८०
नेप्से सूचक दोहोरो अंकले बढ्यो
images

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार झन्डै २८ अंकले बढको छ । आज नेप्से २७.९० अंकले बढेर २ हजार ५८ को विन्दुमा पुगेको छ ।

आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो ।

आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३.०८ बढेको छ ।

पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

आज लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१० प्रतिशत, प्रभु स्मार्ट फन्डको ४।८१ प्रतिशतले घटेको छ । 

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १५:३१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology