Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

दैनिकी न्यूज

२१, पौष २०८०
ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल
images

काठमाडौ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई पठाएको छ ।

गत शुक्रबार कमजोर क्षमताका कारण बालकुमारी घटना हुन पुगेको भन्दै त्यसकै भोलिपल्ट ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई कारबाही गरिएको थियो । शाहको ठाउँमा खनालको सरुवा भएको हो ।

त्यस्तै गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तानिएको थियो ।

बालकुमारी घटनामा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०६:४३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology