Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

दैनिकी न्यूज

२१, पौष २०८०
ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल
images

काठमाडौ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई पठाएको छ ।

गत शुक्रबार कमजोर क्षमताका कारण बालकुमारी घटना हुन पुगेको भन्दै त्यसकै भोलिपल्ट ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई कारबाही गरिएको थियो । शाहको ठाउँमा खनालको सरुवा भएको हो ।

त्यस्तै गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तानिएको थियो ।

बालकुमारी घटनामा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०६:४३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology