Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको अध्यक्षमा बजगाईं निर्वाचित

दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको अध्यक्षमा बजगाईं निर्वाचित

दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको अध्यक्षमा बजगाईं निर्वाचित
images

ललितपुर । ‘सहकारीमार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण’ भन्ने मूल उद्देश्यका साथ स्थापना भई दक्षिण ललितपुरका विकट पहाडी वस्तीहरूमा विद्युत लाईन पुर्याउने अभियान चलाईरहेको दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार चापागाउँमा सम्पन्न भएको साधारण सभामा गोविन्द बजगाई निर्वाचित भएका छन् । उनले ९४१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी भिमसेन अचार्यले ६६३ मत प्राप्त गरे भने ३१ मत बदर भएको थियो । कुल ५ हजार ४०७ मतदाता रहेकोमा १ हजार ६३५ मत खसेको थियो । निवर्तमान कार्यसमितिमा पनि अध्यक्ष गोबिन्द बजगाईं नै थिए ।

अन्य पदाधिकारी, सदस्यहरु भने सर्व सम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सर्वसम्मत चयन भएका अन्य नयाँ कार्यसमितिका पदाधिकारीहरूमा उद्धव प्रसाद पराजुली उपाध्यक्ष, सुजता लामा (महिला उपाध्यक्ष) लोक बहादुर पुलामी (दिपक) सचिव, दिनेश सञ्जेल कोषाध्यक्ष रहेका छन् भने सञ्चालक समिति सदस्यहरूमा लाल बहादुर भोम्जन, पार्वती घिमिरे, रामकृष्ण आचार्य, तेज बहादुर लामा, खडानन्द बजगाई, लाल बहादुर थिङ, रामचन्द्र तिमल्सिना र होम प्रसाद घिमिरे रहेका छन् ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा हरि प्रसाद न्यौपाने र सदस्यहरुमा सुन बहादुर वाईवा र र मनमाया श्रेष्ठ चयन भएका छन् ।

२०५४ साल असोज ७ गते दक्षिण ललितपुर विद्युतीकरण अभियान समिति गठन भई विद्युतीकरणको काम शुभारम्भ गरेको, २०५७ साल श्रावण १७ गते नेपालको पहिलो विद्युत सहकारीको रूपमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको स्थापना भएको र २०६१ साल भाद्र २ गतेबाट मात्रै देविचौरको प्रेमप्रसाद बजगाँईको घरबाट दक्षिण ललितपुरमा विद्युतीकरण सुरु भएको (बत्ती बाल्ने काम सुरु भएको) हो । हाल दक्षिण ललितपुका सवै वडामा सहकारीमार्फत विद्युत् बलिरहेको छ ।

यो संस्था ललितपुर जिल्लाभर कार्यक्षेत्र रही दक्षिण भेगका कोन्ज्योसोम, महाङ्काल, बागमति गाउँपालिका र गोदावरी नगरपालिकाको वडा नं. ७ देवीचौरलाई समेटेर विद्युतिकरण तथा ग्राहक सेवा सञ्चालन क्षेत्र कायम गरी सहकारी संस्था सञ्चालन गरिरहेको छ । यसबाट सात हजार घर परिवार विद्युत सेवाबाट लाभान्वित भएका छन् ।

सरकारी निकायसँग विद्युत खरिद गरी सहकारीको मोडलमार्फत ग्रामीण बस्तीहरूमा विद्युत पुर्याउने अभियान स्वरूप यो संस्थाको स्थापना भएको हो ।

हाल विद्युतीकरणको विकास संगसंगै हाल ललितपुरका विकट वस्तीहरूमा सुचना, सञ्चार र प्रविधिको पहुँच बढेको छ, सफा उर्जाको प्रयोग बढ्नुका साथै उर्जामा आधारित उद्यम व्यवसाय प्रवर्धनका लागि पूर्वाधार तयार भएको छ ।

यो पनि पढ्नुहोस्

दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको चुनावी सरगर्मी बढ्यो

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - ०८:४१:४५ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology