Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको साधारण सभा पुस २७ गते

वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको साधारण सभा पुस २७ गते

दैनिकी न्यूज

२५, पौष २०८०
वर्ल्ड  भिजन बहुउद्देश्यीय सहकारीको साधारण सभा पुस २७ गते
images

ललितपुर । वर्ल्ड भिजन वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुस २७ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । सहकारी संस्थाले डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुरमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

साधारणसभामा छलफलका लागि पेश हुने बिषयहरूः
१. सञ्चालक समितिको अध्यक्षबाट प्रस्तुत आ.व. २०७९/०८० को बार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना, आर्थिक प्रतिवेदन आ.व. २०८०/०८१ को अनुमानित बजेट तथा आय व्यय विवरण प्रस्तावहरू प्रस्तुत गर्ने र पारित गर्ने ।
२. सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षको आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन र आ.व २०८०/०८१ को लागि प्रस्तावित वजेट पारित गर्ने सम्बन्धमा ।
३. लेखा सुपरिवेक्षण समितिको आ.व. २०७९/०८० को बार्षिक प्रतिवेदन प्रस्तुत गरि पारित गर्ने ।
४. आ.व. २०७९/०८० को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरि पारित गर्ने ।
५. आ.व. २०८०/०८१ को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने
६. शेयर लाभांस तथा संरक्षित पुंजी फिर्ता सम्बन्धमा ।
७. समिति तथा उप–समितिको बैठकका निर्णयहरु अनुमोदन गर्ने सम्वन्धमा ।
८. आन्तरिक कार्यविधिहरु संसोधन सम्बन्धमा ।
९. थोक तथा बाह्य कर्जा माग र उद्देश्य मिल्ने निकायहरुमा प्रस्ताव पेश गर्ने सम्बन्धमा ।
१०. धितो लिलामी, गैह्र बैंकिङ् सम्पति प्राप्ति र बिक्रिको अख्तियारीनामा सम्बन्धमा ।
११. उद्देश्य मिल्ले सहकारी संस्थाहरु सँग एकिकरण गर्ने सम्बन्धमा ।
१२. विनियम पुर्नलेखन गर्ने सम्बन्धमा ।
१३. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न ८ जना प्रतिनिधी चयन गर्ने ।
१४. रिक्त पदहरूमा पुरक निर्वाचन गर्ने सम्बन्धमा ।
१५. विविध ।

images
प्रकाशित मिति :पौष २५, २०८० बुधवार - ०८:५५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology