काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २५ गते बेलुका ५।४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।