Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तराईमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

तराईमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

रुद्र बहादुर थिङ

२७, पौष २०८०
तराईमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ।

२०८० पुस २७ गते (शुक्रबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राती: कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८० पुस २८ गते (शनिबार)

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राती:  गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

२०८० पुस २९ गते (आइतबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती:  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन  अनुरोध छ।

world vision.jpg

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०६:५९:३१ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology