Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जेष्ठ नागरिक र फरक क्षमता भएकालाई वडा कार्यलयद्वारा सिरक वितरण

जेष्ठ नागरिक र फरक क्षमता भएकालाई वडा कार्यलयद्वारा सिरक वितरण

उमेश घलान

२८, पौष २०८०
जेष्ठ नागरिक र फरक क्षमता भएकालाई वडा कार्यलयद्वारा सिरक वितरण
images

बारा । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर वडा कार्यालयद्वारा जेष्ठ नागरिक र फरक क्षमता (पुर्ण आपाङता) भएकालाई सिरक वितरण गरिएको छ । केही दिनदेखि शितलहर तथा हुस्सुले गर्दा जाडो अत्याधिक बढेको बेला बारा जिल्लाको रतनपुर निजगढ ११ का वडा कार्यालयले आफ्नो वडा भित्रको जेष्ठ नागरिक र आपाङता भएकाहरुलाई सिरक वितरण गरेको हो ।

सोही नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्ष सहइया गुरो थारुले आफ्नो वडा भित्रको १०० जना जेष्ठ नागरिक र ४ जना पुर्ण आपाङ्ता भएका व्यक्तिहरुलाई सिरक वितरण गरेको बताएका छन् ।

4f837094-1bb4-47dc-902a-89eb5d3296c0.jpg

जाडो अत्याधिक बढेको बेला जाडो थेक्न सिरक पाउदा आफुहरु अत्यन्त खुसी भएको वडा नं. ११ का सर्वसाधारणहरुको भनाई रहेको छ । जाडोमा घरका बुढा बुढी, गरिब, असहाय तथा जेष्ठ नागरिकहरुले सिरक पाउँदा वडावासी निकै खुशी भएका छन् ।

वडाको वार्षिक कार्यक्रमअनुसार जेष्ठ नागरिकहरुको आवश्यकता पहिचान गरी सिरक वितरण गरिएको वडा अध्यक्ष सहईया गुरोले बताएका छन् ।

वडा भित्र गरिब, असहाय तथा जेष्ठ नागरिक पुर्ण आपाङताको पहिचान गरी सिरक वितरण गरिएको तथा जेष्ठ नागरिक हाम्रा अभिभावक हुन उनीहरुको सेवामा वडाको सम्पुर्ण टिम समर्पित रहेको अध्यक्ष गुरोले बताए ।

779042d2-b440-450e-80ad-93e3c881d015.jpg

images
प्रकाशित मिति :पौष २८, २०८० शनिवार - १९:५०:३८ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology