Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

दैनिकी न्यूज

२९, पौष २०८०
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
images

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४५ करोड ९२ लाख रहेको छ ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 

images
प्रकाशित मिति :पौष २९, २०८० आइतवार - ११:१०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology