Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भारतीय सुटर छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

भारतीय सुटर छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

उमेश घलान

१, माघ २०८०
भारतीय सुटर छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
images

बारा । नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक भारतीय सार्प सुटरलाई छुटाइदिने भन्दै परिवारसँग रकम माग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष २३ को श्यामबाबु साह रहेका छन्।

भारतको मोतिहारी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनी बस्ने वर्ष ३२ को सार्पसुटर सुजित कुमार सिंहलाई पुस १० गते भारतबाट नेपाल प्रवेश गर्दै गर्दा बारा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीसँगको मुठभेडका क्रममा खुट्टामा गोली लागि घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ। साहले सुजित कुमार सिंहको बुवा जयमंगल सिंहसँग सुजितको मुद्दा प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भनी १६ लाख रुपैयाँ माग गरेका थिए।

सुजित कुमार सिंहको बुवासँग श्यामबाबु साहले १ लाख ९२ हजार रुपैयाँ (भारु १ लाख २० हजार) रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ। जंयमगल सिंहको जाहेरी दरखास्तका आधारमा शनिबार श्यामबाबु साहलाई पक्राउ गरेको छ।

उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइ रहेको तथा सो ठगीमा संलग्न अन्य व्यक्तिहरू उपर अनुसन्धान एवम् खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ १, २०८० सोमवार - १०:४१:५२ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology