बारा । बारा जिल्लाको निजगढ नगरपालिकाका विद्यालयहरुमा माघ ३ र ४ गते जाडो विदा दिइएको छ ।
नगरपालिका कार्यालयले मङ्गलवार सूचना निकालेर विद्यालयहरुमा जाडो विदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाको हस्ताक्षरमा जारी सूचनामा कार्यालयको २ गतेको बैठकको निर्णयानुसार बढदो चिसोको कारण नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयमा २ दिनसम्म जाडो विदा दिइएको जनाइएको छ ।