Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यु–१९ राष्ट्रिय महिला फुटबल टोलीमा निजगढकी बुढाथोकी

यु–१९ राष्ट्रिय महिला फुटबल टोलीमा निजगढकी बुढाथोकी

उमेश घलान

५, माघ २०८०
यु–१९ राष्ट्रिय महिला फुटबल टोलीमा निजगढकी बुढाथोकी
images

बारा । यू–१९ राष्ट्रिय महिला फुटबल टोलीमा निजगढ फुटबल क्लबकी गोलरक्षक करुणा बुढाथोकीले स्थान बनाएकी छिन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार घोषणा गरेको २३ सदस्यीय टोलीमा निजगढकी बुढाथोकी समावेश भएकी हुन् ।

यसअघि अण्डर–१५ र अण्डर–१७ टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी बुढाथोकीले लगातार उमेर समुहको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन्।

साफ च्याम्पियनसिप खेल्ने टोलीमा बुढाथोकी समावेश भएपछि निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले खुसी ब्यक्त गरे । उनले क्लबबाट संचालन गरिएको निरन्तर प्रशिक्षणको प्रतिफल स्वरुप महिला तथा पुरुष फुटबल टोलीमा आफ्ना खेलाडीले निरन्तर स्थान बनाएको उल्लेख गरे ।

बङ्लादेशको राजधानी ढाकामा फेब्रुअरी २ देखि ८ सम्म संचालन हुने यू १९ साफ च्याम्पियनसिपमा आयोजक बङ्लादेश सहित नेपाल, भारत र भुटानले सहभागिता जनाउनेछ ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:२१:२२ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology