बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा उपभोक्ता समितिहरूलाई प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिकाकि उपप्रमुख सोममाया थिङ्गको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले गरेका थिए ।
आर्थिक योजना शाखाका प्रमुख अजय उप्रेती, आर्थिक प्रशासन लेखा अधिकृत शिवप्रसाद देवकोटा, प्राविधिक शाखा प्रमुख दिपेशकुमार यादव, इन्जिनियर नवीन खनाल, अशोककुमार कुशवहलगायतका सहभागी रहेका थिए ।

त्यस्तैगरि निजगढ नगरपालिका वडा नम्बर १३ का वडा सचिव विष्णु कुमार श्रेष्ठ, वडा सदस्यहरु दिपक न्यौपाने, धनकुमारी विक, सुर्यबहादुर थोकर, फुलमाया स्याङतानलगायतका उपस्तिथि रहेका थिए ।
प्रशिक्षणमा आर्थिक योजना शाखा प्रमुख अजय उप्रेती, आर्थिक लेखा अधिकृत शिवप्रसाद देवकोटाले र इन्जिनियर अशोककुमार कुशवाहले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा बरपिपल खानेपानी उपभोक्त समितिका अध्यक्ष, भक्तलाल खानेपानी उपभोक्त समितीका अध्यक्ष, हिरालाल टोल सिंचाइ समितिका सचीव, आकाश धारा सिँचाइ समिति र स्थानीयहरुले तालिममा भागलिएका थिए ।
कार्यक्रम संचालन आर्थिक योजना शाखाका प्रमुख अजय उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन वडा सदस्य दिपक न्यौपानेले गरेका थिए ।