बारा । बाराको निजगढ वडा नं. ८ स्थित गौरीशंकर मावि प्राविधिक शिक्षालयको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती बुधबार एक समारोह बीच मनाइएकोे छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रविकुमार बर्तौलाको अध्यक्षतामा बिद्यालयको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती मनाइएकोे हो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह, सघिय संसाद अच्युत मैनाली, संघिय सांसद देवीप्रसाद तिमल्सिना, संघिय सांसद निर्मला देवकोटा, पूर्व मन्त्री एवं संविधान सभा सदस्य केशव बडाल, पूर्व मन्त्री एवं संविधान सभा सदस्य पुरुषोत्तम पौडेल, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव, संविधान सभा सदस्य जयराम दाहाल, संविधान सभा सदस्य शोभाकर पराजुली, प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, जिल्ला समन्वय समिति बाराको उप प्रमुख चण्डिका उप्रेती, पुर्व नगर प्रमुख सुरेशकुमार खनाल, पुर्व उपप्रमुख लिलादेवि लामिछाने, नेकपा एमाले नहर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेस नगर सभापति नवराज तिमल्सिन, नेकपा ९माओवादी केन्द्र ० का अध्यक्ष संतोष दंगाल, माओवादी मेता मधेस प्रदेश सदस्य रविराज दंगाल, राप्रपा नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा एकीकृत समाजवादीक अध्यक्ष भिमसेन सापकोटा, रास्वपाका नगर सभापति रामहरि खरेलल्गायतले विद्यालयको बारेमा मन्तव्य राखेका थिए ।
बिद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा बिद्यालयले ५० बर्षसम्म गरेको गतिविधी समेटिएको स्मारिका पनि प्रकाशित गरिएको छ । त्यस्तै कार्यक्रमको अवसरमा पुर्व बिद्यालय ब्यवस्थापन समितिका पदाधीकारीहरु, पुर्व बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रमको स्वागत विद्यालयका सदस्य पेमाघ्याम्चो लामाले गरेका थिए भने संचालन थानेश्वार सापकोटा ९अविरल० ले गरेका हुन ।