Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लालमा दोश्रो लोछार कप फुटबल प्रतियोगिता हुने

लालमा दोश्रो लोछार कप फुटबल प्रतियोगिता हुने

दैनिकी न्यूज

१०, माघ २०८०
लालमा दोश्रो लोछार कप फुटबल प्रतियोगिता हुने
images

बारा । ‘राष्ट्रकोलागि खेलकुद, स्वास्थकोलागी खेलकुद' भन्ने मुल नाराका साथ निजगढ नगरपालिका वडा नम्बर १० लालमा दोश्रो लोछार कप फुटबल प्रतियोगिता आयोजना हुने भएकोछ ।

योङ्ग स्टार युनाइटेड फुटबल क्लबले माघ १८ गतेदेखि आयोजना हुन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएकोछ ।

निजगढ वडा नम्बर १० स्थित योङ्ग स्टार बुद्धचोक खेलमैदानमा संचालन हुने प्रतियोगितामा विजेताले १ लाख १० हजार नगदसहित ट्रफी, मेट्ल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार नगदसहित ट्रफी, मेटल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलमा म्यान अफ द म्याचले नगद १ हजार नगदसहित ट्राफि समेत प्राप्त गर्ने आयोजक योङ्ग स्टार युनाईटेड फुटबल क्लबका अध्यक्ष अशोक लामाले बताएको छ । प्रतियोगितामा मधेस प्रदेशलगायत बागमती प्रदेशका फुटबल टोलिहरुको सहभागीता रहने छ ।

दोश्रो ल्होछार कपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन । सहभागी टोलि जिल्लाहरु मकवानपुर , सर्लाही, पर्सा र रौतहटलगायत १६ फुटबल टोलिको सहगीता रहने छन ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लामा,पत्रकार सम्मेलनमा वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, पुर्व क्लबका अध्यक्ष सिद्धार्थ लोप्चन, कुमार बहादुर मोक्तानलगायतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - २१:३९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology