बारा । बाराको निजगढ नगरपालिका वडा नं. १० लाल बुद्धचोक स्थित आयोजना हुन लागेको दोस्रो ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोगिता–२०८० लाई सफल पार्न राजु योन्जन तामाङले नगद ५५ हजार सहयोग गरेको छ ।
तामाङले यस क्लबद्वारा आयोजित यो दोस्रो पुरस्कार बराबरको रकम हो । तामाङ झापा जिल्ला घर भै हाल मलेसिया अवस्थित नेपाली फुटबल क्लब च्त्ँऋ का अध्यक्ष र गैर आवासीय नेपाली संघ ल्च्ल्ब् मलेसियाका युवा संयोजक समेत हुन ।
त्यस्तैगरी लाल निवासी हाल वैदेशिक रोजगारको शिलशिलामा मलेसिया स्थित होटल व्यवसाय गर्दै आएका भेटघाट रेष्टुरेन्टका संचालक अभि तामाङ घलानले पनि नगद २५ हजार १ सय सहयोग गरेको छ ।
तामाङहरूको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारसँग जोडिएर ल्होछार कप सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै घलानले क्लबलाई सो रकम सहयोग गरेको प्रतियोगिताको संयोजक कुमार बहादुर मोक्तानले जानकारी दिए ।
बारा जिल्लालगयात मधेश प्रदेशमा लोप हुन थालेको सोनाम ल्होछार तामाङ समुदायको पहिचानको रूपमा सो योङ्ग स्टार युनाइटेड फुटबल क्लबले आयोजना मार्फत ल्होछारको प्रबर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको मोक्तानले बताए ।
सो कप प्रतियोगिताको उदघाटन भने यहि माघ १८ गते बुद्ध चोक निजगढ नगरपालिका वडा नम्बर १० स्थित योङ्ग स्टार फुटबल क्लबको खेलमैदानमा हुँदै छ ।