बारा । नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वयन समिति बाराले यो सोनाम ल्होछारको आयोजना गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा सोनाम ल्होछारको अवसरमा यही माघ १९ र २० गते वृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो।
नेपाल तामाङ्ग घेदुङ्ग संघ जिल्ला समन्वय समिति बाराले २८६० औँ सोनाम ल्होछारको पावन अवसरमा उक्त वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
आईतवार कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले सम्पुर्ण तयारी सम्पन्न भएको जनाउदै कार्यक्रमको विस्तृत जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सुर्य घलानले परापुर्वकालदेखि मनाउदै आएको लोछार पर्वमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको बारे जानकारी दिएका छन ।
तामाङ्ग समुदायको धार्मिक, सांस्कृति र परम्परालाई जर्गेना गर्ने मुख्य उदेश्यका साथ आयोजना हुने उक्त कार्यक्रमको उद्धघाटन माघ १९ गते जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
दुई दिनसम्म उक्त कार्यक्रममा शुभकामना आदान प्रदान, र्याली, तामाङ्ग समुदायहरुको सांस्कृतिक झल्किने विभिन्न झाँकी, कला सहित राष्ट्रिय तथा स्थानीय तामाङ्ग कलाकारहरुको प्रस्तुति समेत रहने अध्यक्ष घलानले बताएका छन । सांस्कृतिक कार्यक्रमको कुल अनुमानित खर्च रु १० लाख हुने आयोजकले जनाएको छ । कार्यक्रमको समापन माघ २० गते नेपाल तामाङ्ग घेदुङ्ग संघका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ्गले गर्ने जिल्ला अध्यक्ष घलानले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भीम बहादुर गंतान तामाङ्ग सहित नेपाल तामाङ्ग घेदुङ्ग संघ बाराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।