Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

दैनिकी न्यूज

१७, माघ २०८०
बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
images

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ आज स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ७६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार २९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १७ रुपैयाँ ५० पैसा तोकेको छ।

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - ११:५१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology