Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

दैनिकी न्यूज

२६, माघ २०८०
हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा
images

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।

कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - २०:३७:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology