Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रात्रीकालिन मनोरन्जन ब्यवसायी सघंद्वारा पोखराको नैना दोहोरी साँझलाई ५१ हजार आर्थिक सहयोग

रात्रीकालिन मनोरन्जन ब्यवसायी सघंद्वारा पोखराको नैना दोहोरी साँझलाई ५१ हजार आर्थिक सहयोग

दैनिकी न्यूज

४, फाल्गुण २०८०
रात्रीकालिन मनोरन्जन ब्यवसायी सघंद्वारा पोखराको नैना दोहोरी साँझलाई ५१ हजार आर्थिक सहयोग
images

काठमाडौं । आगालगीबाट पूर्ण रुपमा क्षति भएको पोखरा महानगरपालिका वडा नं. ८ स्थित सिर्जनचोकमा रहेको नैना दोहोरी साँझलाई रात्रीकालिन मनोरंजन ब्यबसायी संघले ५१ हजार आर्थिक सहयोग गरेको छ । सघंको कोटेश्वर स्थित कार्यलयमा रेस्टुरेन्ट ब्यवसायी सघं पोखराका अध्यक्ष जीवन गुरुङलाई संघका पदाधीकारीहरुको उपस्थितिमा संघका अध्यक्ष आशिष खड्काले ५१ हजारको चेक हस्तान्तरण गरेका हुन ।

संघले मनोरन्जन क्षेत्रमा मात्र नभई ब्यवसायी, कलाकार र सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गरिरहेको सघंका अध्यक्ष खड्काले जानकारी दिए । कोभिडको समय होस वा कुनै ब्यवसायीको समस्या होस या कुनै कलाकारको समस्या नै किन नहोस सदैव संघ साथमा रहेको समेत खड्काले बताए ।

यता पोखराका अध्यक्ष गुरुङले संघलाई धन्यवाद दिदै आगामी दिनमा एकअर्का बीच थप सहकार्य गदै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा संघका महासचिव सगुन अधिकारी, वरिष्ठ उपाध्यक्ष दिनेश थापा, प्रथम उपाध्यक्ष सुजन श्रेष्ठ र कोषाध्यक्ष राजकुमार कार्की सहभागिता रहेको थियो ।
केही समय अघि मात्र संघले उच्च रक्तचापका कारण अस्वस्थ भई उपचाररत लोकगायक तथा सर्जक रेशम थापालाई ५१ हजार आर्थिक सहयोग गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - २०:१५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology