बारा । बारा जिल्लामा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा, बारागढी गाउँपालिका वडा नं. २ दौरवा टोल बस्ने वर्ष ३४ को दिपेन्द्र माझी रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विशेष सूचनाको आधारमा बिहीमार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले निजगढ–९ स्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सर समानहरू खरिद गरिरहेको अवस्था माझीलाई प्रकाउ गरिएको प्रहरी प्रवक्ता, डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
नियन्त्रणमा लिएका माझीलाई मुद्रा सम्बन्धि कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको न्यौपानेको भनाई छ ।
प्रहरीले माझीको साथबाट नेपाली एक हजार रुपैयाँको २ थान नोट गरी जम्मा रू दुई हजार बरामद गरेको छ ।