बारा । आठ लाख रुपैयाँ बराबरको भण्डारण गरेको अवैध कपडा प्रहरीको नियन्त्रणमा लिएको छ ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डिएसपी दधिराम न्यौपानेका अनुसार जिल्ला बारा, महागढीमाई–२ ईनर्वा चोक स्थित मुकेशप्रसाद यादवको घरमा भण्डारण गरी राखेको करिब आठ लाख मुल्य बराबरको बिभिन्न किसिमका अवैध कपडाहरू बरामद गरिएको छ
आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय, पर्सा पठाईएको प्रहरीले जनाएको छ ।

