Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको सानागाउँमा ट्यांकरले स्कूटरलाई ठक्कर दियो, स्कूटर चालकको मृत्यू

ललितपुरको सानागाउँमा ट्यांकरले स्कूटरलाई ठक्कर दियो, स्कूटर चालकको मृत्यू

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
ललितपुरको सानागाउँमा ट्यांकरले स्कूटरलाई ठक्कर दियो, स्कूटर चालकको मृत्यू
images

ललितपुर । ललितपुरको सानागाउँमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानोगाउँमा सोमबार बिहान बा ३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२ – ०३४ प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीया सुहन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेशराज सुवेदीले बताए । मृतक राई स्कुटर चालक रहेको एसपी सुवेदीले जानकारी दिए । उनी ललितपुरको बालकुमारीस्थित माइलस्टोन कलेजका कक्षा ११ का विद्यार्थी हुन् ।

उनकाअनुसार स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट हस्पिटलमा पु-याइएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको सुवेदीले बताए ।

मृतक राई महालक्ष्मी नगरपालिका, वडा नं. ८ शंखादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेको सुवेदीले बताए ।

उनको शव अहिले किष्ट अस्पतालमै राखिएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको छ । चालक कमल केसी महालक्ष्मी – ५ टिकाथलीका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १०:०९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology