Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाराको निजगढमा सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु, चार घाइते

बाराको निजगढमा सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु, चार घाइते

उमेश घलान

१४, फाल्गुण २०८०
बाराको निजगढमा सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु, चार घाइते
images

बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. ७ निजगढ बजारमा सोमबार दिउँसो अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्।

वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको थियो ।

विस्फोटमा परी जिल्ला बारा, निजगढ नगरपालिका–५ का ४५ को रेशम मगर, बयोधा अस्पताल वीरगंज, पर्सामा उपचारको क्रममा दिउसो १ः३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाराका प्रवक्ता, डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

घाइते मध्ये निजगढ–५ का ४५ वर्षिय सुर्य बहादुर थापा, सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भईरहेको छ ।

जिल्ला पर्सा, वीरगंज–९ का ३४ वर्षिय फिरोद देवान, बर्ष २० को रितु रजत र देश भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवालको बयोधा अस्पताल वीरगंज, पर्सामा उपचार भईरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १६:११:१९ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology