Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन

ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन

दैनिकी न्यूज

१५, फाल्गुण २०८०
ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन
images

ललितपुर । लामो समयदेखि भुक्तानी नपाएपछि ललितपुरका किसानले जिल्ला प्रशासन कार्यालयको गेटमा दुध पोखेका छन् ।

आज ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दुध किसानले दुध पोखेर विरोध जनाएका हुन्। उनीहरूले भुक्तानी नपाएको र उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएका हुन्।

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई ११ बुँदे माग पत्र बुझाउँदै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दुधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए।

gypan.jpg

जिल्लामा दैनिक एक लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ, जसमध्ये ७० देखि ७५ हजार लिटर दूध बिक्री गर्ने गरिएको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

संघका अध्यक्ष कृष्णप्रसाद सापकोटले नेपालमा दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रिय सरकार तथा प्रदेश सरकार सकारात्मक नेदेखिएकोले संघ र अन्य संघ संगठनहरूको एक्यवद्धता जनाउँदै उक्त आन्दोलन सुरू गरेको बताए । उनले उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे।

दूधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको संघको महासचिव रामप्रसाद आचार्यले बताए। त्यस्तै आजदेखि संघले आन्देलान कार्यक्रम समेत जारी गरेको छ ।

संघका अनुसार फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघ र अन्य किसान संघ संगठनहरूको सहभागितामा कान्तिलोक पथ अन्तर्गत चापागाँउ टाहाखेलमा १०ः३० देखि १२ बजेसम्म चक्काजाम गर्ने छ ।

त्यस्तै फागुन २१ गतेदेखि माइतिघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर सहभागि हुने महासचिव आचार्यले जानकारी दिए ।

11.jpg

222.jpg

333.jpg

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १७:३३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology