Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल कुस्ती संघ मधेश प्रदेश गठन साहको नेतृत्वमा ११ सदस्यीय चयन

नेपाल कुस्ती संघ मधेश प्रदेश गठन साहको नेतृत्वमा ११ सदस्यीय चयन

दैनिकी न्यूज

१९, फाल्गुण २०८०
नेपाल कुस्ती संघ मधेश प्रदेश गठन साहको नेतृत्वमा ११ सदस्यीय चयन
images

महोत्तरी । बारा जिल्लाको सक्रिय युवा समाजसेवी रमेश साहको नेतृत्वमा ११ सदस्यीय नेपाल कुस्ती संघ मधेश प्रदेश गठन भएको छ । महोत्तरी जिल्लाको बर्दिवासमा भएको सो नेपाल कुस्ती संघ मधेस प्रदेशको अध्यक्षमा रमेश साह चयन भएको हो । त्यस्तैगरी नेपाल कुस्ती संघ मधेश प्रदेशको उपाध्यक्षमा सविउल शेख, सचीवमा पारस यादव, कोषाध्यक्षमा पिन्टु रौनियार, सहसचीवमा शिवशंकर यादव चयन भएका छन । त्यस्तैगरि सदस्यहरुमा बिजय गीरी, दिपेन्द्र महतो, मनोज कुमार साह, सुजित यादव, दिपक यादव, राजकिशोर मन्डल रहेका छन । त्यस्तैगरी संघको केन्द्रिय प्रतिनिधिमा सुर्य नारायण साह र सुजित यादव चयन भएका छन।

नेपाल कुस्ती संघको केन्द्रिय उपाध्यक्ष मुकेश साहको अध्यक्षतामा भएको सो भेलामा नव गठित समितिलाई संघका केन्द्रिय उपाध्यक्ष मुकेश साहले शुभकामना व्यक्त गरेका थिए । शुभकामना मन्तव्यको क्रममा संघका केन्द्रिय उपाध्यक्ष साहले कुस्ती संघ बिगतका केही बर्ष अगाडि बिवाद उत्पन भएको बताए । संघका केन्द्रिय उपाध्यक्ष साहले हाल त्यो विवाद अहिले सुल्झाई सकेको पनि बताएको छ । संघका केन्द्रिय उपाध्यक्ष साहले कुस्ती बिकासको लागि कुनै पनि राम्रो व्यवस्थापक नभएकोमा आफू दुखित भएको प्रकट गरे । साहले भने “खेलको लागि राम्रो कल्वडहल पनि छैन, जो खेल हुन्छ त्यो सहज छैन, खेलाडीको लागि चाहिने सामाग्री समेत नभएको बताउदै आज ठुला नेताको अवकाश भए पछि राज्यले ब्यवस्थापन गर्छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीलाई त्यो व्यवस्थापन गर्न सकिन्छ भने खेलाडी बचाउन र भोलि कुस्ती खेलाडीको विकास, प्रबर्द्धन र व्यवस्थापन गर्न सकिन्छ । अहिलेसम्म गठन नहुदा कुस्ती खेल संचालन तथा प्रदर्शन गर्न पनि गार्हो भएको र अब गठन भए पश्चत प्रदेश स्तरमा नै खेल हुने त्यसको लागि सम्बन्धित ठाउँमा पहल गर्ने छु” भन्दै संघका केन्द्रिय उपाध्यक्ष साहले आफ्नो मन्तव्य राखेका थिए । संघका केन्द्रिय उपाध्यक्ष साहको अध्यक्षतामा कार्यक्रम भएको दिपक यादवले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - २०:१९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology