Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले ललितपुरको जिल्ला अधिवेशन चैत २३ गते

एमाले ललितपुरको जिल्ला अधिवेशन चैत २३ गते

रामहरि कार्की

२३, फाल्गुण २०८०
एमाले ललितपुरको जिल्ला अधिवेशन चैत २३ गते
images

ललितपुर । नेकपा (एमाले) ललितपुर जिल्ला समितिको नवौँ जिल्ला अधिवेशन गर्ने मिति तय गरेको छ । बुधबार बसेको पार्टी जिल्ला समितिको पूर्ण बैठकले पार्टी अधिवेशन आगामी चैत २३ देखि २५ गतेसम्म आयोजना गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए।

बैठकमा ललितपुर जिल्ला इन्चार्ज शेर बहादुर तामाङ, केन्द्रीय सदस्यहरु हरिकृष्ण व्यन्जनकार, बाबुराम थापा, प्रदेश सदस्य सरोज डंगोल, रामहरि बजगाई, दिनेश आछामी, सरस्वती खड्का, मैना अछामीलगायत उपस्थिति रहेको थियो । नवौँ अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष पदका लागि चार जना आकांक्षी देखिएको छ । ललितपुर वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल, पूर्व वडा अध्यक्ष दिनेश कार्की, वर्तमान उपसचिव श्यामकृष्ण ब्यञ्जनकार दौडधूप गरिरहेका छन् ।

जिल्ला कमिट सदस्य संख्या १४४ भन्दा बढी हुन नपाउने विधानमा व्यवस्था भएपनि हाल ललितपुर जिल्लामा त्यो भन्दा बढी भएकोले जिल्ला कमिटि आयोजकको हैसिएतमा बस्न नपाउने र प्रतिनिधि पनि हुन नपाउने हुँदा जिल्ला कमिटिका सदस्यहरु वडा बाटै चुनिनु पर्ने व्यवस्था रहेको एमालेका एक नेताले दैनिकीन्युजलाई बताए ।

सम्मेलनबाट पदाधिकारीसहित १२० जनाको नेतृत्व चयन गर्नेछ । एमाले केन्द्रीय समितिले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।

 

यो पनि पढ्नुहोस

एमाले ललितपुर जिल्लाको अध्यक्षमा तीन जनाको आकांक्षा

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - २१:०९:५५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology