Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जीवन विज्ञानले लुम्बिनीमा सात दिने चक्रविज्ञान शिविर आयोजना गर्दै

जीवन विज्ञानले लुम्बिनीमा सात दिने चक्रविज्ञान शिविर आयोजना गर्दै

दैनिकी न्यूज

२९, फाल्गुण २०८०
जीवन विज्ञानले लुम्बिनीमा सात दिने चक्रविज्ञान शिविर आयोजना गर्दै
images

काठमाडौँ । योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानले बृहत् ध्यान शिविर आयोजना गर्न लागेको छ । “बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान“ भन्ने मूल नारासहित आयोजना गर्न लगिएको ध्यान शिविरमा झन्डै ५ हजार साधकहरुलाई एकै ठाउँमा सातदिन सम्म चक्रविज्ञान ध्यान गराइने आयोजकले जनाएका छन् ।

एकैपटक ५ हजार जनालाई यसरी ध्यान सिकाउन लगिएको यो सम्भवतः पहिलो पटक हो । आगामी चैत १७ देखि २३ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा चक्रविज्ञान शिविर सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

मानव विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेको बताए । उनले भने, ‘त्यसका लागि हरेक मानिसले चक्रविज्ञानको कोर्ष लिएर योग र ध्यानमार्फत आफूलाई पूर्ण र असल नागरिक बनाउन सक्नेछन् ।’ चक्रविज्ञान साधनामा भाग लिने कर्मचारी वा नेता नेतृत्वमा पुगे भने देशले सही गन्तव्य समात्ने उनको बताए । उनले भने, ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ, जबसम्म हरेक नागरिक आध्यात्मिक चेतना युक्त बन्दैन तबसम्म संविधानले कसरी सही कार्य गर्छ ?’

मानव विकास विशेषज्ञ रमेश नेपालले भगवान गौतम बुद्धले देखाएको बाटोमै लुम्बिनीमै ५ हजारलाई ध्यान गराउनु गजबको संयोग हुने बताए । जीवन विज्ञान युकेकी संयोजक सरिता शर्माले बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत संसारभरिबाट साधकहरु उक्त बृहत शिविरमा भाग लिन नेपाल जान लागेको जानकारी दिइन् । उनले पवित्र भूमि लुम्बिनीमा आयोजना गर्न लगिएको उक्त शिविरमा भाग लिन सबै साधक मित्रहरुलाई आग्रह पनि गरिन् ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - ०७:१८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology