Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भृकुटीमण्डपमा सातौँ चरणको चेम्बर एक्स्पो भव्य रुपमा सम्पन्न

भृकुटीमण्डपमा सातौँ चरणको चेम्बर एक्स्पो भव्य रुपमा सम्पन्न

दैनिकी न्यूज

३०, फाल्गुण २०८०
भृकुटीमण्डपमा सातौँ चरणको चेम्बर एक्स्पो भव्य रुपमा सम्पन्न
images

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।
एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य बस्तुहरु, हस्तकलाका सामाग्री प्रर्दशनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो ।
एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका छन ।
एक्स्पो मार्फत स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपुर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाई छ । कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाई छ । चेम्बरले प्रत्येक बर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ । अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तराष्ट्रिय बस्तुको फिर्ती प्रक्रीयालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - ०७:२८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology